Responsive Ad Slot

Showing posts with label International. Show all posts
Showing posts with label International. Show all posts

राधिका दासी मताजिकोअमेरिका सत्संग कार्यक्रम सम्पन्न

No comments

Wednesday, July 30, 2025

अमेरिका — विश्वभर फैलिएको नेपाली समुदायलाई आध्यात्मिक मार्गमा प्रेरणा प्रदान गर्ने उद्देश्यले राधिका दासी माताजीद्वारा अमेरिकाका विभिन्न स्थानहरूमा आयोजित भव्य सत्सङ्ग तथा प्रेरणादायी प्रवचन कार्यक्रमहरू अत्यन्तै सफलतापूर्वक सम्पन्न भएका छन्।

यस आध्यात्मिक यात्राको क्रममा माताजीले अमेरिका भित्रका प्रतिष्ठित धार्मिक केन्द्रहरूजस्तै:

  • Om Center, Ohio

  • California स्थित Muktinath Dham

  • Motherland Nepal, हिन्दु-बौद्ध मन्दिर, बाल्टिमोर (Maryland)

  • San Francisco

  • Virginia
    लगायतका विभिन्न स्थलहरूमा भक्तिभावपूर्ण सत्सङ्ग, श्रीमद्भागवत कथा, र मोटिभेसनल स्पिच प्रस्तुत गर्नुभयो।

माताजीको प्रवचनमा "संस्कारयुक्त जीवन, सत्कर्म र परोपकार नै सच्चा मानवता हो" भन्ने मूल सन्देश केन्द्रित रह्यो। उहाँको मर्मस्पर्शी वाणी, आध्यात्मिक अनुभूति र सरल जीवनका शिक्षाले अमेरिका बसोबास गरिरहनु भएका हजारौं नेपालीहरूलाई आध्यात्मिक मार्गतर्फ आकर्षित गराएको छ।

कार्यक्रमहरूमा स्थानीय धार्मिक अगुवा, समाजसेवी, नेपाली समुदायका प्रतिनिधिहरूको समेत गरिमामय उपस्थिति रहेको थियो। सत्सङ्गपछि सम्पन्न भएको आरती, कीर्तन र प्रसादसेवा कार्यक्रमले समग्र वातावरणलाई दिव्य अनुभूतिपूर्ण बनाएको थियो।

यस कार्यक्रममार्फत माताजीले धर्म, सेवा र मातृभूमिप्रति प्रेम जागृत गराउने कार्यमा महत्वपूर्ण योगदान दिनुभएको छ। आगामी दिनहरूमा पनि यस्ता आध्यात्मिक कार्यक्रमलाई निरन्तरता दिइने आयोजक समितिहरूले बताएका छन्।



  



Don't Miss
Shreeji Media © All Rights Reserved 2025
Design By KpCat