Responsive Ad Slot

ताजा समाचार

latest

विभिन्न सत्संग तथा प्रवचनका लागि राधिका दासी जी लण्डन जानुहुदै

Wednesday, July 30, 2025

/ by Radhika

अमेरिका — अमेरिका भरिका विभिन्न शहरहरूमा सफलतापूर्वक सत्सङ्ग तथा जीवन प्रेरणा प्रवचन सम्पन्न गरी राधिका दासी माताजी आजै लण्डन प्रस्थान गर्नु भएको छ। अमेरिका स्थित Om Center, California, Muktinath Dham, हिन्दु बुद्ध मन्दिर (Baltimore), Motherland Nepal Maryland, San Francisco, Virginia लगायतका थुप्रै स्थानमा आयोजित कार्यक्रमहरूले नेपाली समुदायमा आध्यात्मिक चेतना र सामाजिक एकताको भावना थप मजबुत बनाएको थियो। 


अब माताजी लण्डनमा पनि विभिन्न स्थानहरूमा सत्सङ्ग तथा मोटिभेसनल स्पिच प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यहाँ रहनु भएका नेपाली तथा अन्तर्राष्ट्रिय भक्तजनहरूसँग आध्यात्मिक संवाद गर्दै, संस्कार, सेवा, र सद्गुणको महत्व बारे ज्ञानवर्धक प्रवचन गरिनेछ।

उहाँको नेपाल आगमन यही साउनको अन्तिम सातामा तय गरिएको छ। नेपाल फर्किएपछि माताजीद्वारा विशेष धार्मिक तथा सेवा मूलक कार्यक्रमहरू सञ्चालन गरिने अपेक्षा गरिएको छ।

यस सम्पूर्ण यात्राको उद्देश्य धर्मको प्रचार–प्रसार, वैदिक जीवनशैलीको मार्गदर्शन, तथा मातृभूमिको सेवा भन्ने भावनामा आधारित रहेको छ।

No comments

Post a Comment

Don't Miss
Shreeji Media © All Rights Reserved 2025
Design By KpCat