Responsive Ad Slot

ताजा समाचार

latest

आवासीय भवनको सुरुवातका केहि झलक

Wednesday, June 12, 2024

/ by Radhika

आवासीय भवनको सुरुवातका केहि झलक 







सुर्खेत र कैलालीका १४ जना विपन्न परिवारका बिद्यार्थीलाई राधिका फाउण्डेशनले झापामा आवासिय सुबिधा सहित अध्यापन गराउन शुरु गरेको छ ।
कमजोर आर्थिक अबस्था रहेका विद्यालय तहका बालबालिकालाई राधिका फउण्डेशनमा राखेर अध्यान अध्यापन गराउन थालिएको फाउण्डेशनकी अध्यक्ष राधिका दाशीले जानकारी दिनुभयो ।
झापाको कनकाई नगरपालिका – ७ स्थित मनसापुरमा फाउण्डेशनको सचिवालय निर्माणाधीन अबस्थामा रहेको छ ।
फाउण्डेशनको अगुवाइमा अन्य ३१ जना बालबालिका समेत काठमाडौंमा अध्ययनरत रहेका छन् । अध्यात्मिक संस्कारसहितको शिक्षामा जोड दिँदै आएको फाउण्डेशनले. विपन्न र अनाथहरुलाई सहयोग गर्दै आएको छ ।
फाउण्डेशनले झापाको बाह्रदशीमा समेत गुरुयोजना सहितको शिक्षालय निर्माण गरिरहेको छ । फाउण्डेशनले यसका लागि सरकारी र गैर सरकारीसंस्था एवम् व्यक्तिहरुसंग सहयोग संकलन गर्दै आएको छ ।


यो अभियान झापामा दुई वर्ष अघिदेखि सञ्चालित छ । राधिका दाशी सुप्रशिद्ध भागवत बाचिका हुन् । सार्वजनिक अनुष्ठानहरुबाट समेत राधिका फाउण्डेशनलाई सहयोग हुँदै आएको छ ।
आवासिय सुबिधा सहित फाउण्डेशनको रेखदेखमा रहने १४ जना बालबालिकालाई मंगलवार स्वागत गर्न आयोजित कार्यक्रममा कनकाई नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष भिष्मभुषण सिटौला, पूर्ब वडाध्यक्ष लक्ष्मी ओली, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, इलाका प्रहरी कार्यालय सुरुङ्गाका वरिष्ट प्रहरी नायव निरीक्षक प्रविण भट्टराई, बालबालिकाका अभिभावक धनवहादुर राजी,सरिता कुमारी विसीले बोल्नु भएको थियो ।
फाउण्डेशनकी सदस्य हुम्लाकी तारा भट्टराईले फाउण्डेशनका विषयमा जानकारी गराउँदै अथितिहरुलाई स्वागत गर्नु भएको थियो ।

No comments

Post a Comment

Don't Miss
Shreeji Media © All Rights Reserved 2025
Design By KpCat